सल्यान परिबेश डट्कम , ६१३ पटक हेरिएको

धनकुटाको महालक्ष्मी नगरपालिकामा एक वृद्धको हत्या भएको छ ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका वडा नं ५ ज्यामिरेका वर्ष ७० का मान वहादुर वस्नेतको हत्या भएको हो ।
घटनामा संलग्न भएको आशंकामा सोही स्थानका वर्ष २२ का निरोज कटुवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी नरेन्द्र कुवँरले जानकारी दिनुभयो ।
घटना गएराती भएको प्रहरीले जनाएको छ । वस्नेत र कटुवालबीच मावली हजुरबुबा र नातीको सम्बन्ध रहेको उहाँले बताउनुभयो । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
स्रोत – धनकुटा खबर
नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||
प्रकाशित मिति: २०२३-०२-२४ , समय : २३:००:२४ , ३ महिना अगाडि