राष्ट्रपति चयनको अन्तिम घडीमा राजनीतिक दलहरु उभिएका छन् । तर अहिलेसम्म कुनैपनि विकल्पमाथि सहमति जुटेको छैन ।
प्रधानमन्त्री प्रचण्डले आजदिनभर एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवासँग छुट्टाछुट्टै छलफल चलाए । तर प्रचण्डकै कारण राष्ट्रपति गुमाउने अवस्थामा रहेका ओली सहमतिबाट पछि हट्न चाहेका छैन ।
बरु प्रचण्डलाई पाँच दलीय गठबन्धन ब्यूँताएर जाने बाटो खुला गरिदिएका छन् । यस्तो अवस्थामा रक्षात्मक बनेका ओलीसँग के विकल्प बाँकी होलान् ? प्रचण्ड फेरि फेरिँदा सत्ताको सबथोक गुमाउने अवस्थामा ओलीछन् । जसरी प्रचण्ड फेरिएकै कारण दुईमहिनाअघि देउवाले गुमाएका थिए ।
तर सबैलाई घुमाएर जता सत्ता उतै खट्टा राख्ने आदत परेका प्रधानमन्त्री प्रचण्डगुमाउनुको झोकमा परेका एमाले अध्यक्ष ओलीका विकल्पले तर्सिरहेका छन् । किनकि दुईमहिनाअघि देउवाको दैलो छोडी, बालकोटको बार्दलीमा पुग्दा प्रचण्डसँग केही थिएन । आफैसँग भएका माधव नेपालले पनि एमालेसँग मिल्न गएको भन्दै प्रचण्डको लत्तो छोडेका थिए ।
तर ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपार जसपा लगायतका सात दलको समर्थन जुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाए । जब काँग्रेसले समेत विश्वासको मत दिएर प्रचण्ड बहुमतमापुगे,पुरानै पाँच दलीय गठबन्धन ब्यूँताएर पाँचबर्ष सुरक्षित हुने राजनीति गर्न खोजेका छन् ।
प्रचण्डसँग सहकार्यको आयु सकिएको संकेत पाएका ओली पनि माओवादीकै समर्थनमा एमालेको राष्ट्रपति बन्ने सम्भावनामा आशावादी छैनन् । फलतः उनी विकल्पबारे सोच्न थालेका छन् । पाँच दलीय गठबन्धन ब्यूँताएर प्रचण्ड काँग्रेसकै कित्तामा पुगेपनि ओलीले राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउने घोषणा गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग निर्णायक वार्ता गरेका उनले पुस १० मै सहमति भएकाले माओवादीको समर्थन भएपनि नभएपनि एमालेको उम्मेदवार हुने दाबी गरेका हुन् । तर प्रचण्ड र देउवाबीच सहकार्यका लागि सहमति भइसकेको छ । यद्यपी माधवलाई हतियार बनाएर फेरि खेल्न सक्ने विकल्प ओलीका अघि छ ।
किनकि प्रचण्डले समेत साथ दिने संकेत गरेका माधवलाई काँग्रेसले राष्ट्रपतिका रुपमा स्वीकार्न चाहेको छैन । चार दलको बैठकमा पनि काँग्रेसले समर्थन गर्न प्रस्ताव गर्दै ‘राष्ट्रपतिमा हामीलाई साथ दिनुस्, माधवलाई केही दिउँला भन्दै मनाउन खोजेको थियो ।
प्रकाशित मिति: २०२३-०२-२५ , समय : १०:५०:१४ , ९ महिना अगाडि