बि.स.२०७९ फागुन १५ गते सोमबार, दैनिक राशिफल ! हेर्नुहोस तपाइको राशिमा कस्तो छ

श्री पशुपतिनाथको कृपाले सबैको कल्याण गरुँन !

सल्यान परिबेश डट्कम , २६३३  पटक हेरिएको

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । रोगले पनि सताउन सक्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड–जरिवानाको पनि सम्भावना छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ ।


बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आज तपाइलाइ परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ ।व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ ।


मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
नसोचेको ठाउबाट धन प्राप्त भइ मन प्रसन्न हुनेछ, साथै पढाइमा पनि केहि प्रगती हुने दिन रहेको छ ।आज ब्यापारबाट प्रशस्त धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ ।


कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ ।रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला,तर घर–जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठनपाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् ।


भिडियोमा क्लिक गरि मनोरंजन लिनुस


सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ तर धनको भने नसोचेको नाश हुने दिन छ ।काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ ।घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ ।


कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन, होसियार रहनु होला ।चोटपटक वा हाड–जोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ ।


तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ ।खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् ।


बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ ।समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आज रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ ।


नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||


धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ सजक रहनुहोला ।मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला ।


मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ ।राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ । काममा आफन्तको सहयोग जुट्न सक्छ ।


कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ ।परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।


मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ ।अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ ।प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला ।


भिडियोमा क्लिक गरि मनोरंजन लिनुस

 


कंप्यूटरमा शॉर्टकट कुञ्जीहरू प्रयोग गरि आफ्नो काम यसरि आसान बनाऊनुस

प्रकाशित मिति: २०२३-०२-२६ , समय : २२:५४:५८ , ९ महिना अगाडि