Salyan Paribesh , १५९७ पटक हेरिएको

फाल्गुन, ४ / कपुरकोट , तुला राम डाँगी क्षेत्रि –
ने.क.पा.माओवादी केन्द्र कपुरकोट गा.पा.अन्तर्गत वडा नम्बर ५ सल्लाम टोल मा पार्टी प्रशिक्षण तथा मोर्चा गठन सम्पन्न भएको छ ।
जस अनुसार प्रसा राम बुढा को अध्यक्षता मा १३ सदस्यीय किसान सङ्गठन, र दुर्गा बुढा मगर को अध्यक्षतामा १७ सदस्यीय क्रान्तिकारी महिला सङ्गठन को निर्माण भएको छ ।।
उक्त सङ्गठनमा प्रमुख अथिति प्रदेश समिति सदस्य र गाउ पालिका इञ्चार्ज प्रदीप बस्नेत अनि कपुरकोट गा.पा.का अध्यक्ष प्रकाश भण्डारी ले मन्तब्य दिनु भएको थियो।
कपुरकोट गाउँ पालिकाका अधिकाम्स जन्ता कृषि पेशामा निर्भर छ्न बेमौसमी तर्कारी खेति बाट कृषक हरुको जिबनिस्तर माथी उठाउन को लागि कृषी मा आधुनिकिकरन गर्नुपर्ने , बजार भाउ सुनिस्चित गर्नु पर्ने , माटो परिक्षन , कृषि प्रबिधिक हरु टोल टोलमा खटाउनु पर्ने ,
किसान हरुलाई बीउ बिजन निसुल्क , र मल सहुलियत दर भाउमा प्रसस्त उपलब्ध गराउनु पर्ने , किसान् परिचय पत्र लागू र बाली बिमा गरि किसानको जीवन इस्तर माथी उठाउने लक्ष्य रहेको बताउनु भयो साथै माओवादी केन्द्रको नेतृत्वमा मात्र यो कामको सम्भब भयको उहाँको तर्क थियो ।
प्रकाशित मिति: २०२२-०२-१६ , समय : १४:३२:१० , २ वर्ष अगाडि