रुपन्देहीमा ‘पावर बैंक’ भन्दै प्लास्टिकमा माटो बेच्ने दुई भारतीय प’क्राउ

सल्यान परिवेश डट्कम , ११०५  पटक हेरिएको

रुपन्देहीमा चिठ्ठामा पावर बैंक परेको भनेर प्लास्टिकका खोलमा माटो भरेर बेच्ने २ जना भारतीय नागरिक पक्रा’उ परेका छन् ।

प’क्राउ पर्नेमा रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न. १० सालझण्डीबाट भारतको सिद्धार्थनगर जिल्ला चन्दनताय गाउँका २८ वर्षीय विवेक कुमार भट्ट र २५ वर्षीय सर्वेश कुमार भट्ट हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरुले सैनामैना नगरपालिका १० सालझण्डीको झिमझीमेमा ५० को चिठ्ठा स्क्र्याच गर्दा सबैमा पावर बैंक पर्ने भनी कुपन बिक्री गरी पावर बैंक परेपछि एक हजार दुई सय रुपैयाँ लिएर तीन हजार दुइ सय रुपैयाँ पर्ने पावर बैंक भनेर प्लाष्टिकको खोल बेचेका थिए ।

४/५ घण्टा चार्ज गरेपछि मात्र काम गर्छ भनेर किनेको पावर बैंकको खोलभित्र गि’लो माटो भेटेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सालझण्डीलाई खबर गरेका थिए ।


भिडियोमा क्लिक गरि मनोरंजन लिनुस

उनीहरुबाट यूपी ५५ एफ १५१९ नम्बरको स्पेन्डर मोटरसाइकल, ३ हजार ४ सय २० नगदसहित स्क्र्याच कुपन ७९, माटो भरेको पावर बैंक ६ र डाटा केबल ६ वटा ब’रामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरुमाथि ठ’गी सम्बन्धी कसु’र अन्तर्गत अदा’लतबाट म्याद थप गरी प्रहरीले अनु’सन्धान गरिरहेको बताएको छ ।


नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||


कंप्यूटरमा शॉर्टकट कुञ्जीहरू प्रयोग गरि आफ्नो काम यसरि आसान बनाऊनुस

प्रकाशित मिति: २०२३-०२-२७ , समय : २३:४४:३५ , ४ हप्ता अगाडि