तुला राम डाँगी क्षेत्रि , ६९७२ पटक हेरिएको

सल्यान / फागुन, १७
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ कटौजेरी स्थित देव बहादुर खड्का एक छोरा, एक छोरी सहित दुइ बर्ष देखि सम्पर्कविहिन आफ्नी श्रीमती लालसरी खड्काको खोजि कार्यको लागि मिडिया धाउदै छन्।
देव बहादुर खड्का बैदेशिक रोजगारीका लागि दुबै गएका थिए । एक्कासि घरमा छोराछोरी सहित श्रीमती लालसरी हराएपछि उनी चिन्तामा परे तर उनि तत्काल फर्किन नपाएको र जसोतसो गरि उनि हाल नेपाल फर्किएर करिव दुई वर्षदेखि सम्पर्क विहिन रहेकि श्रीमती र आफ्ना दुई सन्तानको खोजीका लागि अनुनय गरेका छन् । आफूले विदेश बाट कमाएर घर पठाएको रकम समेत हिनामिना भएको देव बहादुरले बताए ।
पिडित श्रीमान् संग गरिएको कुराकानी हेर्न र सुन्नको लागि तल भिडियोमा क्लिक गर्नुहोला
आफु विदेशमा रहदा उनले श्रीमतीको अन्य कुनै पराइ पुरुषसंँग अंगालोमा बाँधिएको र केही आपत्तिजनक फोटाहरु इमो मार्फत फेला पारेका थिए । त्यस्ता फोटा देखेपछि श्रीमतीलाई फोन गरेर सम्झाउनुको साथै आवेगमा आएर थोरै गाली पनि गरेको बताएका छन् ।
अहिले उनका छोरा ७ वर्षको र छोरी ५ वर्षकि भइसकेका छन् । उनीहरुको निकै चिन्ता लाग्ने गरेको देव वहादुर बताउँछन् । “अरु नै पुरुषसंग लप्पन छप्पन भएको आशंका छ । उ संगै गएको होकी जस्तो लाग्छ”, आफ्नो श्रीमतीसंग परपुरुषको फोटा देखाउँदै उनले भने, “त्यो मान्छेलाई मैले चाही चिन्दैन ।
माइती पक्षले पनि अहिले सम्म छोरीको अवस्था पत्ता नलागेको बताएका छन्। देव वहादुरका ससुरा कपुरकोट २ निवासी लिल बहादुर घर्तीले छोरी र नाती नातीना घर छाडेर हिडेका थाहा पाएपछि प्रहरीमा निवेदन दिएको बताए । तर पनि अझै फेला पार्न नसकिएको उनको भनाई छ । करिव एक बर्ष अघि सम्म आफ्नो दिदी वहिनिसंग फोन सम्पर्क गरेको भएपनि हाल लालसरी र दुई सन्तानको अवस्था आज्ञात रहेको छ ।
रहरलाग्दा कलिला छोराछोरीले के गरिरहेका होलान, कहाँ होलान् भन्ने चिन्ताले सताइरहेको भन्दै उनले खोजी कार्यमा सहयोग गरिदिन सबैसंग आग्रह गरेका छन् ।
पिडित श्रीमान् संग गरिएको कुराकानी हेर्न र सुन्नको लागि तल भिडियोमा क्लिक गर्नुहोला
प्रकाशित मिति: २०२३-०३-०१ , समय : ००:४१:२४ , १ महिना अगाडि