सल्यान परिबेश डट्कम , ८२८ पटक हेरिएको

मौसम पूर्वानुमानम महाशाखाका अनुसार देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बुधबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
दुइ बर्षदेखी हराएकी श्रीमतीको कर्तुत देखाउदै आए कपुरकोटका देव ब.खड्का मिडियामा
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित मिति: २०२३-०३-०१ , समय : १०:३६:५७ , ९ महिना अगाडि