सल्यानको कपुरकोटमा कुकुरको टोकाइबाट २ बालक सहित चारजना घाइते

कुकुरले मानिसलाई टोकेको र रेविजको त्रास फैलिएकोबारे थाहा पाएर पनि यसतर्फ गाउँपालिकाका जनप्रतिनिधीहरुले कुनै चासो नदिएको स्थानीयहरुको गुनासो ।

सल्यान परिबेश डट्कम , ३६६४  पटक हेरिएको

सल्यान / फागुन,१७ 

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा कुकुरको टोकाइबाट दुई बालक सहित चार जना घाइते भएका छन । बौलाहा कुकुरले टोकेको भन्दै स्थानीय त्रासमा छन्।

कपुरकोट तल्लो बजार निवासी उत्तम खड्काको ६ वर्षिय छोरा सुरज मंगलबार कुकुरको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि काठमाण्डौँ लगिएको छ।

स्थानीय रुद्रवीर कुवरका अनुसार सोबार र मंगलबार गरेर कपुरकोटमा कुकुरले २२ वर्षिय दिपा भण्डारी, दुई बालक र एक पुरुषलाई टोकेको थियो ।
दुइ बर्षदेखी हराएकी श्रीमतीको कर्तुत देखाउदै आए कपुरकोटका देव ब.खड्का मिडियामा

कुकुरले मानिसलाई टोकेको र रेविजको त्रास फैलिएकोबारे थाहा भएपनि यसतर्फ गाउँपालिकाका जनप्रतिनिधीहरुले कुनै चासो नदिएको स्थानीयहरु बताउँछन्।

छोरोलाई उपचारका लागि काठमाण्डौ पुगेका उत्तमले भने, कुकुरले टोकेर मानिसलाई घाइते बनाइसक्यो। तर गाउँपालिकाले कुनै पनि चासो दिएको छैन।ु सडकका कुकुरको समयमै व्यवस्थापन र नियन्त्रण हुन नसक्ने हो भने रेविज फैलन सक्ने स्थानीयको चिन्ता छ।

भुस्याहा कुकुरको व्यवस्थापन र रेविज नियन्त्रणका लागि कपुरकोट गाउँपालिकासंग कुनै योजना भएको देखिदैन। कुकुरलाई रेविज विरुद्धको खोप दिने र भुस्याहा कुकुर व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा कुनै पनि बजेट तथा योजना नरहेको गाउँपालिकाका योजना शाखा प्रमुख खगेन्द्र बहादुर शाहीले जानकारी दिए।
दुइ बर्षदेखी हराएकी श्रीमतीको कर्तुत देखाउदै आए कपुरकोटका देव ब.खड्का मिडियामा

प्रकाशित मिति: २०२३-०३-०१ , समय : ११:५४:०३ , ३ हप्ता अगाडि