बढेर आयाे ग्याँसको मूल्य, डिजेल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल १.२१ रुपैयाँले मूल्य घटेर आयाे

सल्यान परिवेश डट्कम , ३०८८  पटक हेरिएको

भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ ।

डिजेल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ। यस्तै मट्टितेलमा प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ । यसपटक खाना पकाउने ग्यासको मूल्य भने ३३९.०६ रुपैयाँले बढेर आएको छ ।

बुधबार इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोल र डिजेलको मूल्य घटेको र खाना पकाउने ग्यासको मूल्य बढेको पत्र पठाएको निगम स्रोतले जनाएको छ ।यस्तै हवाइ इन्धनमा७.३ रुपैयाँ घटेर आएको छ ।


दुइ बर्षदेखी हराएकी श्रीमतीको कर्तुत देखाउदै आए कपुरकोटका देव ब.खड्का मिडियामा

यो घटेको मूल्यलाई आधार मान्दा निगम अझै ४४ करोड रुपैयाँ नाफामा रहने निगम स्रोतले जनाएको छ । नेपालमा भने के गर्ने भन्नेविषयमा सञ्चालक समितिको बैठकले तय गर्ने निगमको भनाइ छ ।इण्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा आयल निगमलाई,

नयाँ मूल्य सूची पठाउने गरेको छ । यसअघि पनि मूल्य घटेर आएको थियो । तर नेपालमा भने घटाइएको थिएन । भारतबाट मूल्यसूची बढेर आउँदा नेपालमा मूल्यबृद्धि गरिहाल्ने निगमले मूल्य सूची घट्दा भने घटाउन तयार नहुने गरेको छ ।

प्रकाशित मिति: २०२३-०३-०१ , समय : २१:२१:०७ , ९ महिना अगाडि