सल्यान परिवेश डट्कम , ३९५७ पटक हेरिएको

पल पल तिम्रै याद आउँछ सताउँछ
तिम्रै आँसुले याद आउँछ
मनमा गहिरो घाउ छ के गरौं
लाखौं खुशि गरे नि बिर्सन
तिम्रै झल्को आउँछ के गरौं
पीएन साइलाका यी हृदयस्पर्शी शब्दहरू सुनेर प्रतियोगी मात्र होइन निर्णायकको पनि आँखा रसाएका थिए । ज्योति मगरपछि कुलेन्द्र विश्वकर्माले आफूलाई नियन्त्रण गर्न सकेनन् । महाजज कुमार बस्नेतले आफ्नो भिटो प्रयोग गरी साइलालाई मतदानको लागि रोजेका थिए।
हिमालय लोकस्टार को 13 औं एपिसोड थियो। उनले मार्मिक गीत र दमदार प्रस्तुति दिएर सबैलाई मोहित पारे । उनको प्रशंसामा महाजज बस्नेतदेखि तीनैवटा जजले शब्द मात्र खर्चिएनन्, उनको गायकीको मुक्तकण्ठले प्रशंसा गरे ।
पिएन साँईलाले ३ बर्षे छोरा सहित स्टेजमा गीत गाएर सबैलाई रुवाए हेर्नुहोस भिडियो
२०६० सालमा जनवादी कलाकार भएर प्रतिरोध र सामना सांस्कृतिक परिवारमा काम गरेका साइँला जनयुद्धमा समेत होमिएका थिए । सल्यानको कुमाख गाउँपालिका वडा नं: ३ त्रिवेणीमा जन्मिएका उनले जनवादी संगीतदेखि अहिलेसम्मको यात्रालाई गीतमा प्रस्तुत गरेका थिए।
आफ्नो काखे छोरालाई बोकेर स्टेज चढेका उनले यथार्थ जीवनलाई गीतमा व्यक्त गरे । आफ्नी श्रीमतीको मृत्युपछि छोरालाइ पनि साथमै लिएर काठमाडौं आएको कथा गीतमा प्रस्तुत गरेका छन् । आफ्नी श्रीमतीको मृत्यु पछि, सम्झनामा सल चिनो राखेका रहेछन् । त्यही सलले छोरालाई बोकेर उनी लोकस्टारको मञ्चमा उक्लिएका थिए ।
‘छोरालाई यो सलले बोकेर गाउदेखि काठमाडौं आउदा सिंगो गाउँ नै रोएको पिएन साइलाले बताए , ‘श्रीमतीको मृत्यु पछि कता जाने के गर्ने थाहा नै थिएन । घाटमा सबै लुगा जलेपछि मैले यो सल लुकाएको थिएँ। उनको मृत्यु भएको दुई वर्ष भइसकेको छ । यो शालले आज उनी मसँगै छिन् भन्ने सम्झना गराउँछ।’ छोरालाई काखमा लिएर गीत गाएर आफ्ना विचार सुनाए।
गीत सुनेर जज ज्योति मगरले आफूलाई सम्हाल्न सकिनन् । साइलाको गीत सुन्दै ज्योति मगर टिस्यु पेपरले आँसु पुछिरहेकी थिइन् । प्रतियोगीले पनि आफूलाई रोक्न सकेनन सबैले आखाभरि आशु लिएका थिए ।
उनले पहिलो एपिसोडमा दमदार प्रस्तुति दिएर गोल्डेन स्टार अवार्ड जिते । अवार्ड जितेपछि उनी सिधै टप २० मा पुगेका हुन् ।
प्रकाशित मिति: २०२३-०३-०३ , समय : २३:५१:०५ , ७ महिना अगाडि