देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दु’र्घ’टनामा ६ जनाको मृ’त्यु

सल्यान परिवेश डट्कम , ४८०  पटक हेरिएको

देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दु’र्घ’टनामा ६ जनाको मृ’त्यु भएको छ । ओखलढुंगाको दियालेको राहुटार भन्ने स्थानमा बोलेरो जिप दु’र्घ’टना हुँदा चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृ’त्यु भएको छ ।

चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको उक्त जिप दु’र्घ’टनामा परेर ११ जना घा’इ’ते भएका छन् । घा’इ’तेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र केहीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको ओखलढुंगा प्रहरीले जनाएको छ ।

यसैगरी, धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ मा ट्याक्टरलाई ठ’क्कर दिएर मो’टरसाइकल पल्टिदा मोटरसाइक चालक स्थानीय ४५ वर्षीय राम एकवाल ठाकुर र पछाडी सवार ६० वर्षीय सतो साह सुडीको मृ’त्यु भएको छ ।

दु’र्घ’टनामा गम्भीर घा’इते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याउनसाथ चिकित्सकले मृ’त घोषणा गरेका थिए । महेन्द्रनगरबाट लक्ष्मीनिया तर्फ जादै गरेको ज १ त ५२ ४५ नम्बरको ट्याक्टरको टेलरमा

सोही दिशा तर्फ जादै गरेको ज १० प ६४ २९ नम्बरको मोटरसाइकल ठो’क्किएर पल्टिएको थियो । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार भएकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

धनुषाकै गणेशमान चारनाथ नगरपालिका ९ बरमझियामा मोटरसाइकल दु’र्घ’टना हुँदा मोटरसाइकलमा पछाडि सवार शहिदनगर नगरपालिका–९ कि ४५ वर्षीया कुमारीदेवी मण्डलको मृ’त्यु भएको छ । मोटरसाइकल चालक मृ’तक कुमारीदेवीको छोरा २८ वर्षीय उदय कुमार मण्डल घा’इ’ते भएकाले

प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ  । धादिङको बेनिघाट रोराङ गाँउपालिका ३ हिलटपमा सवारी साधनको ठ’क्करबाट पैदलयात्री एक पुरुषको मृ’त्यु भएको छ । मृ’तकको नाम थर वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


कंप्यूटरमा शॉर्टकट कुञ्जीहरू प्रयोग गरि आफ्नो काम यसरि आसान बनाऊनुस

प्रकाशित मिति: २०२३-०३-०५ , समय : २३:३३:४६ , ३ हप्ता अगाडि