रोशन पोखरेल , ३४१७ पटक हेरिएको

काठमाडौं – आज फागुन पुर्णिमा अर्थात् होली। पहाडी जिल्लामा आज विभिन्न रङ्ग तथा अबीर लगाएर धुमधामकासाथ होली पर्व माइदैछ ।
भोलि पनि विभिन्न रङ्ग तथा अबीर लगाएर तराई जिल्लाहरुमा होली मनाइदैछ । आज नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि अबिर लगाएर होली पर्व मनाएका छन् ।
अभिनेता राजेश हमाल, पल शाह, निर्मल शर्मा, दीपाश्री निरौला, बेनिशा हमाल, केदार घिमिरे, दीपकराज गिरी, रचना रिमाल, वर्षा राउत, वर्षा शिवाकोटी, , सञ्चिता लुइटेल लगायतका कलाकारले कसैले घरमै परिवारसँग त कसैले फ्यानसँग यस बर्षको होली मनाएका छन् । यो पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा मनाइने गरिन्छ ।
यो पनि पढ्नुस – लाेक स्टारको स्टेजमा सल्यानी पीएन साईलाले जजहरु लगायत आफ्ना प्रतीस्पर्दी लाइ समेत रुलाए
प्रकाशित मिति: २०२३-०३-०६ , समय : २२:५९:५६ , ९ महिना अगाडि