सल्यानको लुहाममा युवक मृत्यु प्रकरण : हत्याको आरोपमा ४ जना पक्राउ

पुष्कर बिहानी , २८३८  पटक हेरिएको

सल्यान । गत फागुन १८ गते सल्यानको लुहाम खोला नजिकै मृत फेला परेका युवकको हत्या आरोपमा ४ जना ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको बागचौर नगरपालिका ८ कोटमौला घर भइ हाल त्रिबेणी गाउँपालिका ६ लुहाममा बिश्‍वकर्मा ग्रिल उद्योग संचालन गरी बस्ने २४ बर्षीय दिनेश बि.क फागुन १८ गते बिहिवार करिब ६ बजे तिर खोलाको किनारमा मृत अवस्थामा फेला परेका थिए ।

घटना बारेमा मृतकको बुवाले दिएको किटानी जाहेरीका आधारमा ४ जनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

जाहेरीका आधारमा पक्राउ पर्नेहरुमा त्रिबेणी गाउँपालिका वडा नं. ०६ बस्ने ४० बर्षीय अमर बहादुर घर्ति, सोही ठाउँका ३० बर्षीय टिकाराम के.सी., ३४ बर्षीय बुद्धीराम श्रीष र कालीकोट जिल्लाको तिलागुफा नगरपालीका वडा नं. ०७ घर भई हाल सल्यानको लुहाम बस्ने ३० बर्षीय सुरेश जैसी रहेका छन ।


यो पनि पढ्नुस – लाेक स्टारको स्टेजमा सल्यानी पीएन साईलाले जजहरु लगायत आफ्ना प्रतीस्पर्दी लाइ समेत रुलाए


उनिहरुलाइ पक्राउ गरि जिल्ला अदालत सल्यानबाट कर्तब्य ज्यान मुद्दा शिर्षकमा म्याद थप गरि थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताउनुभयो ।


यो पनि पढ्नुस – दुइ बर्षदेखी हराएकी श्रीमतीको कर्तुत देखाउदै आए कपुरकोटका देव ब.खड्का मिडियामा

प्रकाशित मिति: २०२३-०३-०८ , समय : १०:२४:०० , ४ हप्ता अगाडि