मेडिकल व्यवसायी दुर्गा प्रसाईको अभियानलाई सघाउने ‘कालोमोसो’ दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ

सल्यान परिबेश डट्कम , ८५९  पटक हेरिएको

मेडिकल व्यवसायी दुर्गा प्रसाईको अभियानलाई सघाउने ‘कालोमोसो’ दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनी मंगलबार जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ परेका हुन् ।

व्यवसायी प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको चितवन अभियन्ता मेघराज पौडेलका अनुसार थापालाई छलफलका लागि प्रशासन कार्यालय बोलाएर पक्राउ गरिएको हो ।

उनले थापालाई तत्काल रिहा गर्नुपर्ने बताए । थापालाई तत्काल रिहाइ नगरे संघर्षका कार्यक्रम गरिने पौडेलले बताए ।

दुर्गा प्रसाईले चितवनको नारायणी नदी किनारमा आयोजना गरेको कार्यक्रमको दिन भरतपुर विमानस्थलमा कालोमोसो दस्ता घोषणा गरिएको थियो । उनिहरुले आफूहरुको पहिलो निशाना बैंक तथा वित्तिय संस्था रहेको बताएका थिए ।


यो पनि पढ्नुस – लाेक स्टारको स्टेजमा सल्यानी पीएन साईलाले जजहरु लगायत आफ्ना प्रतीस्पर्दी लाइ समेत रुलाए

प्रकाशित मिति: २०२३-०३-०८ , समय : ११:१७:३३ , ९ महिना अगाडि