तुला राम डाँगी क्षेत्रि , ३०३६ पटक हेरिएको

सल्यान / फागुन, २४
गीतकार कुसुम बराल र सञ्जु थापाको स्वरमा नेपाली गीत ”कुनै पल” रिलिज भएको छ ।
गित ”कुनै पल” अत्यन्तै मार्मिक र अहिलेको जेनेरेशनका प्रेम जोडी संग मेल खान्छ एक आपसमा माया प्रेममा बाधिएका प्रेमजोडीलाई छुटाइदै गरेको सिनले झनै भाबुक बनाउछ।
उक्त गीतको भाग २ पनि चाडै आउने जानकारी अञ्जना मोक्तानले दिइन ।
अञ्जना मोक्तानले लेखेको गित ”कुनै पल” मा कुसुम बराल र सञ्जु थापाले स्वर दिएका छन् भने संगीत पनि संजु थापाकै रहेको छ र संगीत संयोजकः देवेन्द्र नेवाले गरेका छन।
गीतको भाव अनुसार निर्देशक तथा कोरियोग्राफर सुनिल छेत्रीले गरेका छन । यस गीतमा कृष्ण शिवाकोटी,रोशनी कार्की,सुनिल छेत्री को अभिनय रहेको छ। उक्त गितलाइ अमृत चापागाईले सम्पादन गरेका छन भने सिनेम्याटोग्राफरमा दुर्गा पौडेल छन्। गीत ‘कुनै पल’ अञ्जना मोक्तानको आधिकारिक युट्युब च्यानल बाट सार्बजनीक भएको छ ।
गीतको भिडियो हेर्न तल क्लिक गर्नुस
यो पनि पढ्नुस – लाेक स्टारको स्टेजमा सल्यानी पीएन साईलाले जजहरु लगायत आफ्ना प्रतीस्पर्दी लाइ समेत रुलाए
प्रकाशित मिति: २०२३-०३-०८ , समय : २०:५६:१४ , ९ महिना अगाडि