सल्यान परिबेश डट्कम , ५५२ पटक हेरिएको

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गरिपाऊँ भन्दै परेको रिट हेर्न नभ्याउने भएको छ।
मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवीवास गिरीले दायर गरेका छुट्टाछुट्टै रिट दायर गरेका थिए।
ती रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको थियो। उक्त इजलासले हेर्न नभ्याउने जनाएको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।
द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै अधिवक्ता आरण र रामेछापका कल्याण बुढाथोकीले कात्तिकमा दिएको रिट सर्वोच्च प्रशासनले बदर गरे पनि गत शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयालको इजलासले दर्ता गर्न आदेश दिएको थियो।
यो पनि पढ्नुस – लाेक स्टारको स्टेजमा सल्यानी पीएन साईलाले जजहरु लगायत आफ्ना प्रतीस्पर्दी लाइ समेत रुलाए
प्रकाशित मिति: २०२३-०३-०९ , समय : १७:४१:२१ , ३ हप्ता अगाडि