सल्यान परिवेश डट्कम , ३१४७ पटक हेरिएको

सल्यान / फागुन, २५
सल्यानको त्रिबेणी गाउँपालिका ६ शंखमुलमा बिहिवार दिउँसो करिब ४:२० बजेको समयमा श्रीनगर देखी काभ्रा तर्फ जादै गरेको लु. २ ख . १२२२ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको रा.५ प. ३०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक छत्रेश्वरी गाउँपालिका ३ पालेखोलाका १९ बर्षीय अजय वलीको मृत्यु भएको छ ।
घाइते अवस्थामा रहेका वलिलाई उपचारकोलागि जिल्ला अस्पताल खलंगामा पठाएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
बस चालक त्रिबेणी गाउँपालिका ६ का होम सिंह बुढाथोकी र दुबै सवारी साधन घटना स्थलबाट ईलाका प्रहरी कार्यालय लुहाम तर्फ लगिएको र दुर्घटना बारे थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष खनालले बताउनु भएको छ ।
यो पनि पढ्नुस – लाेक स्टारको स्टेजमा सल्यानी पीएन साईलाले जजहरु लगायत आफ्ना प्रतीस्पर्दी लाइ समेत रुलाए
प्रकाशित मिति: २०२३-०३-०९ , समय : २२:२२:२४ , २ हप्ता अगाडि