Salyan Paribesh , ६४६ पटक हेरिएको

दाङ/
पश्चिम दाङमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । शान्तीनगर गाउपालिका वडा नं ३ निवासी १९ वर्षका गोपाल मगरले आफ्नै बुवा ६३ वर्षीय कर्ण बहादुर मगरको धारिलो चक्कुले घाँटी रेटी हत्या गरेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख नबिन चुदालीले जानकारी दिनुभएको छ।
गत बुधबार दिउँसो १ बजे आफ्नै घरको आगनमा छोराले बुवाको घाँटी रेटेर हत्या गरेको चुदालीले बताए । हत्या गर्ने छोरा आरोपित लाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ । यसअघि पनि बाबु छोरा बीचमा पटक–पटक झगडा हुने गरेको स्थानीयले बताएकाछ्न। र अहिले के कारणले बुवाबो हत्या गरेको हो भन्ने बारेमा केही नखुलेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: २०२२-०२-१७ , समय : ०९:३८:३७ , १ वर्ष अगाडि