सल्यान परिबेश डट्कम , ७२३ पटक हेरिएको

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको l
महाशाखाका अनुसार आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भेगमा आंशिक बदली रहनेछ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिमा देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागका मौसम सामान्यतया सफा रहनेछ । आज काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ८ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।
यो पनि पढ्नुस – लाेक स्टारको स्टेजमा सल्यानी पीएन साईलाले जजहरु लगायत आफ्ना प्रतीस्पर्दी लाइ समेत रुलाए
प्रकाशित मिति: २०२३-०३-११ , समय : ०९:४५:१६ , ३ महिना अगाडि