दिल बिक्रम शाही , १३०५ पटक हेरिएको

मुक्तक
१)
मनको पीडा मनभित्र लुकाई,रहेका ।।
फुल जस्तै गरिकन मुस्कुराई रहेका ।।
एउटा तिमी हौँ प्रिया अर्को म पनि हुँ।।
छट्पटीमा एक्लो रात बिताई,रहेका।।
२)
तिम्रो नाउमा शाहीको थर दिउला अरु नमागे है ।।
यो ज्यान तिम्रै नाममा गर दिउला अरु नमागे है ।।
सुन चाँदी हिरामोती केही दिन सक्ने छैन प्रिया ।।
सुख तिमिलाई जीवन भर दिउला अरु नमागे है ।।
३)
सम्बन्धम बाधा आउनु ठिक होईन ।।
धन हेरेर माया लगाउनु ठिक होईन ।।
मनलाई पथ्थर बनाएर राख्नुस बरु ।।
कसैको यादमा बौलाउनु ठिक होईन ।।
बाबू दिल बिक्रम शाही
शिवालय-6 जाजरकोट
यो पनि पढ्नुस – लाेक स्टारको स्टेजमा सल्यानी पीएन साईलाले जजहरु लगायत आफ्ना प्रतीस्पर्दी लाइ समेत रुलाए
प्रकाशित मिति: २०२३-०३-११ , समय : १०:०६:०४ , ३ हप्ता अगाडि