सन्देश बुढा क्षेत्री (संगम) : चुरोट जस्तै जिन्दगी तान्न नमिल्ने रैछ

दिल बिक्रम शाही , ४८०८  पटक हेरिएको

मुक्तक

१)
तिर्म्रो घाउमा लगाउने म मलम बने भने ।।
यथार्त जिन्दगी लेख्ने कलम बने भने ।।
ति याद हरु लत्याएर नफाल्नु है प्रीय,।।
बिश्वास अर्कै,म तिम्रो नजरमा भ्रम बने भने ।।

२)
हिजो के थिए,भोलि के हुनेछु !बुझ्न चाहन्छेउ भने ।।
भगवान बनाई अझै ढुङ्गा पुज्न चाहन्छेउ भने ।।
आउन एक बार अङ्गालो मा,पीडा सङ्गै बिसाउला ।।
यदि खुसी देख्न मेरो आँसु पुछ्न चाहान्छेउ भने ।।

३)
चुरोट जस्तै जिन्दगी तान्न नमिल्ने रहेछ ।।
अफल्ताले जिन्दगी धान्न नमिल्ने रहेछ ।।
सर्त राखेउ आफै,तलाइ छोडी जान्छु भनि।।
तर यस पटक भने ,मान्न नमिल्ने रहेछ।।

सन्देश बुढा क्षेत्री (संगम) शिवालय गापा 7,जाजरकोट,कर्णाली प्रदेश ,नेपाल।
हाल -कतार


यो पनि पढ्नुस – लाेक स्टारको स्टेजमा सल्यानी पीएन साईलाले जजहरु लगायत आफ्ना प्रतीस्पर्दी लाइ समेत रुलाए

प्रकाशित मिति: २०२३-०३-११ , समय : १२:५४:४४ , ९ महिना अगाडि