दिल बिक्रम शाही , ३३३६ पटक हेरिएको

मुक्तक
१)
सोच्नु हुन्न चानचुने सपना सबैको हुन्छ
पुरा हुने कि नहुने सपना सबैको हुन्छ
दु:ख कष्ट केहि नभनी पारिश्रम गरौं
उडेर एक चन्द्र छुने सपना सबैको हुन्छ
२)
सकिन्न कहिल्यै जिउने आस टालटुल गरेर
गर सम्पन्न भएको आभास टालटुल गरेर
फरक पर्दैन एकचोटि बिग्रीदैमा भत्किदैमा
बनाऊ जिन्दगीलाई तमास टालटुल गरेर
३)
बिन्ती अरुलाई केहि नभनी कदर गर्न सिक
सबैको अगाडि कोमल बनी कदर गर्न सिक
गुमाउन सजिलो होला तर कमाउन गाह्रो हुन्छ
पैसाको जत्तिकै सम्बन्धको पनि कदर गर्न सिक
रत्ना पुन मगर
रुकुम पश्चिम्
यो पनि पढ्नुस – लाेक स्टारको स्टेजमा सल्यानी पीएन साईलाले जजहरु लगायत आफ्ना प्रतीस्पर्दी लाइ समेत रुलाए
प्रकाशित मिति: २०२३-०३-११ , समय : १३:१२:०२ , ७ महिना अगाडि