न्याय माग्दा प्रशासन र यातायात समितिले चासो नदेखाएको भन्दै स्थानीयले गरे सल्यान–दाङ सडक बन्द

सल्यान परिबेश डट्कम , १७२८  पटक हेरिएको

सल्यान / फागुन, २७ 

गत बिहीबार अजय वलीको मृत्युको घटनामा प्रहरीले मुचुल्का परिवर्तन गरेको भन्दै पीडितले राप्ती राजमार्ग बन्द गराएका छन्।

न्याय माग गर्दा प्रशासन र यातायात समितिले चासो नदेखाएको भन्दै मृतकका आफन्तलगायत स्थानीयवासीले शनिवार बिहान ९ बजेदेखि राजमार्ग बन्द गराएका हुन्।

गत बिहीबार सल्यान श्रीनगरबाट त्रिवेणी गाउँपलिकाको काभ्रा जाँदै गरेको लु २ ख १२२२ नम्बरको बसले विपरीत दिशाबाट गइरहेको रा ५प ३०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।


यो पनि पढ्नुस – लाेक स्टारको स्टेजमा सल्यानी पीएन साईलाले जजहरु लगायत आफ्ना प्रतीस्पर्दी लाइ समेत रुलाए


बसको ठक्करबाट गम्भीर घाइते चालक छत्रेश्वरी गाउँपालिका ३ पालेखोलाका १९ वर्षीय अजय  वलीको उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याउँदा मृतयु भएको थियो।

बसका चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गर्दै उनीहरू आन्दोलित भएका हुन्। जिल्ला प्रहरी कार्यालय सल्यानले कुनै पनि घटना हुन नदिन प्रहरी टोली पठाएको जनाएको छ।


प्रकाशित मिति: २०२३-०३-११ , समय : १३:५८:२८ , ९ महिना अगाडि