Salyan Paribesh , ८४३ पटक हेरिएको

काठमाडौं/
कलंकीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ ।सडक पेटीमा दुईवटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधबार नेपाल बन्दको आयोजना गरेका थिए। साथै, एमसीसीको विरोधमा काठमाडौंमा केही दिनदेखि विरोधका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।बम राख्नेहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२२-०२-१८ , समय : ०५:४७:४२ , २ वर्ष अगाडि