आईसीसी विश्वकप लिग टूः नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दै

सल्यान परिबेश डट्कम , २२७०  पटक हेरिएको

आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे पीएनजी विरूद्ध दोस्रो खेल खेल्न लागेको हो।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नुपर्ने हुन्छ। सोही लक्ष्यका साथ आज नेपाल मैदान उत्रन लागेको हो।

पीएनजीलाई यहीँ सिरिज अन्तर्गतको पहिलो खेलमा हराएको नेपालले आजको खेलमा समेत सोही लयलाई निरन्तरता दिन चाहन्छ।

नेपालले सिरिजको पहिलो खेलमा पीएनजीलाई ५२ रनले हराएको थियो। आफ्नो दोस्रो खेलमा आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १७७ रनलेको फराकिलो अन्तरले पन्छाउँदै चौथो स्थानमा उक्लिएको छ।


नेपाल त्रिवि क्रिकेट मैदानमा लिग–२ को पछिल्लो ६ खेलयता अपराजित छ । र, पीएनजीविरुद्ध मैदान उत्रिँदा नेपाल सोही लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

लिग–२ को शीर्ष तीनमा रहन नेपाललाई शृंखलाका दुवै खेलमा जितको आवश्यकता छ। आइतबार युएईलाई पराजित गरेसँगै एकदिवसीय मान्यता भने आगामी चार वर्षका लागि सुनिश्चित गरेको थियो।

नेपालले विश्वकप लिग टूको अन्तिम खेल चैत २ मा यूएईसँग खेल्नेछ।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो। सात टिमबीचको लिग-२ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ।


नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||

प्रकाशित मिति: २०२३-०३-१३ , समय : ०९:४७:०१ , ९ महिना अगाडि