आजको मौसम

सल्यान परिबेश डट्कम , ३७१  पटक हेरिएको

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागका केही स्थानहरुमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूको मौसम आँशिक बदली देखि सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार यस्तो छ आजको मौसमः

दिउँसोː  देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।  देशका पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीː  गण्डकी, कर्णाली र सुदुर-पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।  गण्डकी, कर्णाली र सुदुर-पश्चिम प्रदेशका पहाडी भू-भागमा  एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।


नीम र त्यसबाट हुने फाइदा || benefits of neem leaves boiled water ||

प्रकाशित मिति: २०२३-०३-१३ , समय : १०:१२:४२ , २ हप्ता अगाडि