‘सेल्फ कन्सट्रकटेड फ्रिडम अफ माई लिभिङ्ग कन्डिसन’ भरत रोकाय

Salyan Paribesh , ७२८  पटक हेरिएको

अचेल जिन्दगी जिउँदा त्यति भारी लाग्दैन यसको मतलब यो होइन कि मसँग भार नभएका होइनन । दुखका तपशील आफ्नै छन्। चाहनाका आफ्नै चाङ्ग छन्। फ्रस्ट्रेसनका छुट्टै डायरी छन्। तर पनि जिन्दगी जुन आयाम रोजेर हिँड्छु भनेको छ त्यो देख्दा मुटु बेलुन भएर फुल्छ र एक छिन यो बृहत आकाशमा उड्न दिन्छु।

मलाई उड्नु मात्रै छ उडेको बेला। मलाई गुड्नु मात्रै छ जमिनमा भएको बेला। मलाई पौडिनु मात्रै छ पानीमा डुबेको बेला। म जहाँ जुन सुकै अवस्थामा भएको बेला नि आकाश खोज्ने गर्छु र त्यो आकाशको अराजक नागरिक भएर मनमौजी गर्न रूचाउँछु।

जसलाई म ‘सेल्फ कन्सट्रकटेड फ्रिडम अफ माई लिभिङ्ग कन्डिसन’ भनेर पनि भन्छु। अर्थात आफूले बाँचेको परिवेशमा फ्रिडम खोज्ने भन्दा पनि कन्सट्रक गर्छु किन कि कसैबाट स्वतन्त्रताको प्राप्ति हुने होइन। कसैले जफत गरेर राखेको हुदैँन। नचाहिने बन्धन र सीमाहरू भत्काएर आफ्नो बाउन्ड्री आफैँले ठूलो बनाउने हो ।

सल्यान कला साहित्य परिषद्
अध्यक्ष- भरत रोकाय

प्रकाशित मिति: २०२२-०२-१८ , समय : ०७:२७:२१ , १२ महिना अगाडि