अमेरिकाको क्यालिफोर्नियामा दुई डुंगा दु’र्घटना, ८ जनाको मृ’त्यु

सल्यान परिबेश डट्कम , १९६९  पटक हेरिएको

अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डियागोमा दुईवटा डुंगा दु’र्घ’टना हुँदा आठ जनाको ज्या’न गएको छ ।स्यान डियागोको ब्लाक बिचमा डुंगा दु’र्घ’टना भएको त्यहाँस्थित अधिकारीहरूले जनाएका छन् ।

दुईवटामध्ये एउटा डुंगामा सवार भएकाहरू मात्रै भेटिएकाले अर्को डुंगामा पनि ८ देखि १० जनासम्म रहेको अनुमान गरिएको छ । खोजी कार्य जारी रहेकाले मृ’तकको तथा घा’इ’तेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। डुंगामा सवार नागरिक कुन कुन देशका थिए भन्ने स्पष्ट हुन सकेको छैन ।

डुंगामा सवार सबैजना बयस्क भएको बताइएको छ । स्यान डियागोका लाइफगार्ड प्रमुख जेम्स गार्टल्याण्डले यो दु’र्घ’टनालाई क्यालिफोर्नियाकै खराब समुद्री तस्करी भएको बताएका छन् । दु’र्घ’टना स्थलको ३ सय ६६ मिटरको आसपासमा पल्टिएको डुंगा र श’वहरू भेटिएको थियो। घ’ट’ना के कारणले भयो भन्ने स्पष्ट हुन सकेको छैन ।


बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदा यति छन् जानिराखौ

प्रकाशित मिति: २०२३-०३-१३ , समय : १९:०६:०८ , ७ महिना अगाडि