सल्यान परिबेश डट्कम , ८७९ पटक हेरिएको

नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ ।
लगातार ४ दिनदेखि सुनको मूल्यमा थप ३ हजार १०० रूपैयाँले वृद्धि भएको छ।गत बिहीबार १ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार मूल्य प्रतितोला १ लाख १ हजार ८०० सय रुपैयाँ पुगेको थियो।
आइतबार भने १ लाख ३ हजार ५०० रूपैयाँ पुगेको थियो। शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८०० सय रुपैयाँ पुगेको थियो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोलामा ६ सय रुपैयाँले बढेर १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ ।
बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदा यति छन् जानिराखौ
यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ५५ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ १२ सय ४५ रुपैयाँ कायम रहेको थियो ।
प्रकाशित मिति: २०२३-०३-१३ , समय : १९:१८:४७ , ७ महिना अगाडि