सल्यान परिबेश डट्कम , २१२९ पटक हेरिएको

सल्यान कुमाख गाउँपालिका वडा नं. ३ खोलाखेत बस्ने सेतिराम बस्नेतको १४ बर्षिय छोरा कमल बस्नेत र उनकै घरमा बस्ने ८ बर्षिय धर्मछोरा विबश पर्साइ मगर हराएको परिवारले बताएको छ ।
उनिहरू फागुण १९ गते शुक्रबार विहान ९ बजेदेखि हराएका हुन । विहान विद्यालय जाने समयमा घर छोडेका उनिहरू नफर्केपछि परिवारले प्रहरीलाइ खबर गरेका थिए । बालकले घर छोडेको २ दिनपछी इलाका प्रहरी कार्यालय रागेचौरलाइ जानकारी दिएका परिवारले बालकलाइ अझैफेला पार्न सकेका छैनन ।
इलाका प्रहरी कार्यालय रागेचारका इन्चार्ज लक्ष्मीदत्त भट्टले गाउँघरमा खोज गरिएको र सबैतिर फोटो पठाएर हुलिया काटेको बताएका छन। उनले परविारले हराएको २ दिनपछि मात्रै जानकारी दिएकोले आफुहरुले नजिकमा खोज्दा फेला पार्न नसकेकोे तर सबैतिर जानकारी दिइसकेको बताए ।
बालकले घरमा भएको केहि रकम पनि लगेको परिवारले बताएको छ । गाउँमा केहिदन अघि बुबासंग इन्डिया काम गर्न जाने कुरा गरेको उनिहरूका साथिहरुले बताएका छन । मंसिरमा भारतको पौडी गडुवालमा रोजगारीका लागी गएका बुबा सेतिराम बस्नेत छोराहरुको खोजिका लागि नेपाल फर्केका छन।
सेतीरामकी जेठी श्रीमती तर्फका छोरा कमल बस्नेत र सेतिराम बस्नेतसंग दोस्रो विहेपछि आमासंग आएका विवश एकजना बुबा तर्फका र एकजना आमा तर्फका २ भाइ हुन । परिवारले जेठी श्रीमती तर्फको छोराको मामाघर झारकाँडा र कान्छि श्रीमती तर्फको मामाघर कजेरी लगायत सब अफन्तको घरमा खोजि गरिरहेका छन।
फेला पार्नुहुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय तथा बुबा सेतिराम बस्नेतलाइ ९८०९८०१३८९ मा सम्पर्क गरी सहयोग गरिदिनुहुन परिवारले अनुरोध गरेको छ।
यो पनि पढ्नुस – बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदा यति छन् जानिराखौ
प्रकाशित मिति: २०२३-०३-१४ , समय : ११:५७:४४ , ९ महिना अगाडि