Salyan Paribesh , ११७८ पटक हेरिएको

चीन परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले फेब्रुअरी १८ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकाद्वारा नेपालसँगको सहकार्यमार्फत “धम्की कूटनीति” शुरू गरिएकोमा चीनले प्रतिरोध गरेको कुरा व्यक्त गर्नुभयो।
अमेरिकी राज्य परिषदका प्रवक्ताले हाल नेपालले फेब्रुअरी २८ तारिखसम्म यी दुई देशबीचको “मिलेनियम चुनौती कार्यक्रम”लाई अनुमोदन गर्ने वा नगर्ने निश्चित गर्नुपर्छ भन्दै नत्र यसबाट अमेरिका तथा नेपालबीचको सम्बन्ध प्रभावित हुने भएको कुरा बताउनुभयो।
हाल नेपालका विभिन्न राजनैतिक पार्टीहरूले उक्त कार्यक्रमबारे असहमित भइरेहको देखिन्छ र “मिलेनियम चुनौती कार्यक्रम”का लागि आन्दोलन पनि उत्पन्न भएको छ।
प्रवक्ता वाङले नेपालका मैत्रीपूर्ण छिमेकी मुलुक र विकाससित सम्बन्धित साझेदार चीनले नेपाली जनताद्वारा आफ्नो स्वतन्त्र विकासको बाटो छान्न समर्थन दिइरहेको र नेपालले राष्ट्र तथा जनताको हितका लागि सही छनौट गर्न चीनले सधैं नै समर्थन दिने कुरा बताउनुभएको छ।
प्रकाशित मिति: २०२२-०२-१८ , समय : १३:०८:४३ , २ वर्ष अगाडि