सल्यान परिबेश डट्कम , १३५७ पटक हेरिएको

पुराना गायक संगीतकार नविन किशोर राईको शब्द सङ्गीत र स्वर रहेको गीत टिकुली ट्याकलाई गायक रमेश प्रसाईको स्वरमा द प्रीमियर प्रोडक्सनले नयाँ शैलीमा बजारमा ल्याएको छ ।
वि.सं २०२८ मा रेकर्ड भएको हिट गीत टिकुली ट्याकलाई निर्देशक दिपक प्रसाद आचार्यले रमाईलो शैलिमा भिडियो तयार पारेका छन ।
सक्किगोनीका चर्चित कलाकारहरु हरिस निरौला (क्रक्रोज), प्रीयान आचार्य (मुन्नी)ले गीतमा अभिनय गरेका छन । कथा र निर्देशन दिपक आचार्य (काकु)को रहेको गीतमा बिपीन आचार्यको एरेन्ज र मिक्सिङ मास्टरिङ रहेका छन् ।
सुबोल थापाको नृत्य, पवन सुसलिङको क्यामेरा र सम्पादन रहेको छ । कोर्डिनेटरमा पवन खतिवडा, ईन्द्र सारु मगर, लेखान्त आचार्यको रहेको छ ।
यो पनि पढ्नुस – बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदा यति छन् जानिराखौ
प्रोडक्सन म्यानेजरमा सुजन गौतम पोस्टर डिजाईनरमा सन्तोस देसिह रहेकोटिकुली ट्याकमा सुस्मा गुरागाई निर्माता रहेकि छिन । पुराना सस्टाहरुको सिर्जनालाई नया पुस्तामाझ परिचित गराउने उद्देश्यले यो गीतलाई बजारमा ल्याईएको निर्देशक आचार्यले बताए ।
टिकुली ट्याकको नया शैलीलाई लिएर दर्शक श्रोताहरुबाट र सर्जकहरुबाट राम्रो प्रतिकृया मिलिरहेको आचार्य बताउछन ।
प्रकाशित मिति: २०२३-०३-१४ , समय : २३:१८:५० , ३ हप्ता अगाडि