मुक्तक अध्याय प्रतिष्ठान ले गर्यो अनलाइन खुल्ला मुक्तक प्रतियोगिता

सल्यान परिवेश , २४७०  पटक हेरिएको

चैत्र ०२ सल्यान । मुक्तक साहित्यको एउटा बिधा हो। खास गरी मुक्तक आफैमा एउटा स्वतन्त्र बिधा हो। मुक्त रूपमा आफ्ना भाव र अभिव्यक्ति पोख्ने साहित्यिक बिधा नै मुक्तक हो।

मुक्तक अध्याय प्रतिष्ठानले अनलाइन खुल्ला मुक्तक प्रतियोगिता २०७९ गरेको छ । नयाँ बर्ष २०८० को अवसरमा मुक्तक प्रतियोगिता सञ्चालन गर्न लागेको सुचना मुक्तक अध्याय प्रतिष्ठानको फेस्बुक मार्फत सार्वजनिक भएको छ ।

अग्रजलाई सम्मान , अनुजलाई प्रोत्साहन
मुक्तकको श्रीवृद्धिका लागी हाम्रो अभियान

भन्ने मूल नाराका साथ सञ्चालनमा आएको यस मुक्तक अध्याय प्रतिष्ठानको कार्य समितीको फागुन २५गतेको छलफल र छलफलपश्चात्को निष्कर्ष अनुसार नयाँ वर्ष २०८० को अवसरमा मुक्तक प्रतियोगिता सञ्चालन गर्न लाएको सहर्ष जानकारी गराउँदछौँ। प्रतियोगिता यही मिति:-२०७९ चैत ०१ गतेदेखि चैत २५ गते राति १०:०० बजेसम्म सञ्चालन गरिने छ। अाफ्नो रचना पठाई प्रतियोगितामा सहभागी भइदिनु हुन तथा कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सहयोग गरिदिन हुन सम्पूर्ण मुक्तक प्रेमी महानुभावहरूमा सादर अनुरोध गर्दछौँ।

* प्रतियोगिता सम्बन्धि केही नियमहरू यसप्रकार छन्

१. आयोजक समिति परिवारले सहभागीता जनाउन पाइने छैन ।

२.मुक्तक प्रतियोगिताका लागि सर्जकहरूले आफ्नो इच्छा अनुसारको कुनै दुई भिन्नाभिन्नै विषयमा मुक्तक लेखी पठाउनुपर्ने छ।

३.मुक्तक मुक्तकको सामान्य नियममा आधारित भइ (AABA को संरचनामा ) रचनात्मक ,कलात्मक ,व्यङ्गयात्मक रुपमा प्रस्तुत गरिएको र देवनागरी लिपिमा लेखिएको हुनुपर्छ ।

४.मुक्तक मिति २०७९/१२ /०१ गतेदेखि २५गते राति १०:०० बजेसम्म आफ्नो वास्तविक नाम ,=(उपनाम) ठेगाना सहित यसै मुक्तक अध्याय प्रतिष्ठान संस्थाको म्यासेज बक्समा पठाउनुपर्ने छ। यदि सो समयावधि भन्दा पछाडि अाएका मुक्तकलाई प्रतियोगितामा सहभागी गराइने छैन !

५.एक जनाले कुनै एक विषयमा एक भन्दा बढी अर्थात् दुई छुट्टाछुट्टै विषयमा /१/१ भन्दा बढी मुक्तक राख्न पाइने छैन। मुक्तक पठाउँदा साथमा एक प्रती पासपोर्ट साइजको फोटो पठाउनुहोला।मुक्तक पठाइसकेपछि बारबार सच्चाउन पाइनेछैन ,यसो गरेमा प्रतियोगितामा समावेश गरिनेछैन त्यसको जवाफदेही स्वयं सर्जक नै हुनुपर्ने छ।

६.प्रतियोगितामा सहभागी हुँदा आफूले रचना गरेको मुक्तक मात्र पठाउनु होला यदि सर्जकले अरू कसैको मुक्तक चोरी या हुबहु नक्कल गरेको अथवा कसैको मुक्तकलाई तोडफोड गरि पठाएको पाइएमा या प्रतियोगितामा सहभागी भइ मुक्तकले स्थान हासिल गरेपश्चात् उक्त मुक्तमा कुनै प्रकारको हक दावी हुन आएमा स्वयं सर्जक नै जबाफदाही हुनुपर्ने छ !!

७. मुक्तककारले माथि भनिएअनुसार नै मुक्तक रचना गरि पठाउनुपर्ने छ

८.नतिजा प्रकाशन सम्बन्धि अर्को सूचना प्रकाशन गरिनेछ ।

९ – प्रथम दृतीय,तृतीय स्थान प्राप्त गरेने प्रमाणपत्रले सम्मान गरिनेछ ।

१०- निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

थप जानकारीका लागि
अध्यक्ष :- विक्रम वली “नेपाली बाबु”
महासचिव:- अनिल भण्डारी उदाश

पुनःनोट:-प्रतियोगितामा समिति पदाधिकारीले सहभागी जनाउन पाउने छैन।

आयोजक
मुक्तक अध्याय प्रतिष्ठान

प्रकाशित मिति: २०२३-०३-१६ , समय : ००:०१:५९ , २ हप्ता अगाडि