टीका बुढा क्षेत्री का छ मुक्तक : बसन्तमा मौलाएका बहार तिमिलाई

दिल बिक्रम शाही , १६२९८  पटक हेरिएको

 

मुक्तकहरु
१)
सकारात्मक बिचारहरूको बलियो ताला बनाएर
कडा मिहिनेत अनि अनुशासनको माला बनाएर
सपना जस्तै सुन्दर बनाउनु छ यो मेरो जिन्दगीलाई
आफ्नै तितो अनुभवहरूको प्रयोगशाला बनाएर

२)
जिन्दगी हो बाँच्न अनेक कुरा सोच्नु पर्छ।
मनभित्र का बेदना मन भित्र नै कोच्नु पर्छ
मरेपछि पनि यहाँ सजिलो त रहेनछ महोदय
खरानी भएर बग्न पनि सयौं पटक घोच्नु पर्छ

३)
चिनि बिनाको खल्लो चिया नहोस जिन्दगी
फलाममा लागेको त्यो खिया नहोस् जिन्दगी
तुसारो जस्तो दु:ख सिरमा खसेर आएता पनि
हास्न सकियोस् छिया छिया नहोस जिन्दगी

४)
यो स्वार्थि समाजमा जिउन सिक्नु पर्छ मैले
फाटेको यो मनमुटु सिउन सिक्नु पर्छ मैले
अमृत को भन्दै जहर पिलाउने दुश्मन को अघि
जहर भए पनि हासिँ हासिँ पिउन सिक्नु पर्छ मैले

५)
बसन्तमा मौलाएका बहार तिमिलाई उपहार
एकपल्ट मात्र हैन हजार तिमिलाई उपहार
जुन तारा आकाश को सौगात स्वरूप नसकेनि
सुम्पि दिन्छु सौन्दर्यको संसार तिमिलाई उपहार

६)
गर्धन माथि छुरा चलाउ फरक पर्दैन
मलामि डाक चिता बनाउ फरक पर्दैन
म तिम्रो नजरमा केबल जिउँदो लास हुँ
निर्धक्क भई आगो लगाउ फरक पर्दैन

टीका बुढा क्षेत्री
ठेगान:शिवालय गाउँपालिका जाजरकोट
हाल सुर्खेत

प्रकाशित मिति: २०२३-०३-१८ , समय : ०९:५९:२२ , ९ महिना अगाडि