श्रीमतीको सल,आँशु र बच्चा नै मेरो बाच्ने साहारा हो, भाईरल पिएन साईलाको रुवाउँने कथा

सल्यान परिवेश , २६१३  पटक हेरिएको

 

०८ चैत्र २०७९ सल्यान । एउटा बच्चाको निम्ती आमाका निर्मम संघर्षहरुको कथा थुप्रै देखियो । साच्चै आज एउटा वावुको अवर्णनशिल कथा उभिएको छ। जिन्दगि संग डटेर सामना गर्ने अदम्य शाहस छ पिएन साईला संग । पिएन साइलाको जिवन कतै रोईरहेको, कतै लडिरहेको, कतै साहस गरिरहेको महसुस गर्दा जो कोहिको आंखा भावाहिल हुन्छ ।

पीएन साइँलाका लोकस्टारमा जादा गाएका ति मार्मिक शब्द सुनेर प्रतिस्पर्धी मात्र होइन, जजले समेत आँसु बगाएका थिए । काखे छोरा बोकेर स्टेज चढेका उनले यथार्थ जीवनलाई गीतमा व्यक्त गरेका थिए । पत्नीको निधनपछि एक्लिएका उनी छोरालाई बोकेर काठमाडौं आइपुगेको कथालाई गीतमा प्रस्तुत गरेका थिए ।पत्नीको मृत्युपछि साइँलाले सम्झनामा सल चिनो राखेका रहेछन् ।

त्यही सलले छोरालाई बोकेर उनी लोकस्टारको मञ्चमा उक्लिएका थिए । उनले दमदार प्रस्तुति दिँदै अहिले लोकस्टारको टप १४ मा पर्न सफल भएका छन् ।उनि भन्छन- ‘यही सलले छोरालाई बोकेर काठमाडौं ल्याउँदा सिंगो गाउँ रोएको थियो’ ‘पत्नी नरहेपछि कहाँ जाने भन्ने थाहा थिएन ।

घाटमा सबै लुगा जलाउँदा यो सल लुकाएर राखेको थिएँ । उनी स्वर्गबास भएको दुईवर्ष भयो । यो सलले आज उनी मसँगै छिन् कि भन्ने याद दिलाउँछ ।

प्रकाशित मिति: २०२३-०३-२२ , समय : ०८:२३:३४ , ९ महिना अगाडि