सल्यान परिवेश सम्बादाता , १२१० पटक हेरिएको

९ चैत्र २०७९ सल्यान । सल्यानमा घर निर्माणको काम गर्ने क्रममा खसेर एक जनाको मत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका १ दारिमचौरका अन्दाजी ५० वर्षीय डिल्ली बहादुर चनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बिहीबार दिउँसो शारदा नगरपालिका १ श्रीनगर बजारमा घर ढलान गर्ने सेप्टी बनाउनेक्रममा सेप्टीबाट चिप्लिएर घाइते भएका चनाराको उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।
उहाँका अनुसार चनाराको टाउकोमा गहिरो चोट लाग्दा बेहोस भएका थिए । छतबाट लडेर बेहोस भएका चनारालाई स्थानीयले परोपकार अस्पताल श्रीनगरमा लगेका थिए ।
थप उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याँउदा डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाई छ । मृत्तक चनाराको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको घटनाकको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०३-२३ , समय : १७:०५:५९ , २ महिना अगाडि