राजु सुनाम को लय शव्दमा ´मन परेको मान्छेले भाउ खायो ` गितको भिडियो सार्वजनिक

दिल बिक्रम शाही , ४४२४  पटक हेरिएको

१० चैत्र २०७९ सल्यान । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएका छन् भने नेपाली लोक गित संगितलाई दर्शक श्रोताले चौतर्फि रुचाई रहेका छन् । यसै क्रममा गायक सर्जक एवम् एरेन्जर राजु सुनामाको आवाजमा ´मन परेको मान्छेले भाउ खायो `गित बजारमा सार्वजनिक भएको छ ।

गित संगितमा आफ्नो छुट्टै पहिचान बनाएका गायक सर्जक एरेन्जर राजु सुनाम जाजरकोटको भेरी नगरपालिका २ मा जन्मिएका हुन् । उनी जाजरकोटमा जन्मे पनि काठमाडौलाई कर्म थलो बनाउदै आएका छन् । उनी राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको छैटौं जिल्ला अधिवेशन बाट कार्यसमिति जाजरकोटका अध्यक्ष समेत रहेक छन । उनका चर्चित गित पिरतिको घर बनाउन साना , चार आना , टीका राम्रो दैले , हिजो राती के के भो के के , छुनुमुनु लगायतका दर्जनौं बढी गित बजारमा छन् ।

अहिले भख्खर मात्र बजारमा आएको गित ´ मन परेको मान्छेले भाउ खायो` गितमा राजु सुनाम र जुनाश्रीस मगरको आवाज रहेको छ । उक्त गितको लय शव्द सृजना राजु सुनामले गरेका छन् । गितमा ग्रुप आवाज देबि घर्ती मगर , कालिका रोका , बिनोद परियार र यज्ञ सापकोटाले दिएका छन् ।

गितको म्युजिक एरेन्ज राजु सुनाम ले गरेका छन् भने मिक्सिङ्ग HBN Kismat ले गरेका हुन् । उक्त गितको म्युजिक 1DB_HD स्टुडियोमा रेकर्डिङ गरिएको छ । मादलमा खड्ग बुढा मगर छप्की भुवन गन्धर्व फ्लुटे रत्न बि.क सारङ्गी हेमन्त कान्छा रसाईली सनाई बल बहादुर जैरुले उक्त गितमा लाईभा बाजा दिएका हुन् ।

गितको भिडियोमा सबैले रुचाएका मोडेल दुर्गेश थापा र डान्सर बिना बिश्वकर्मा लगायतको अभिनय रहेको देख्न पाईन्छ । निर्देशन जेरी भण्डारीले गरेकी छन् भने सम्पादन राज कुमार मगरले गरेका छन् ।

भिडियो जुनाश्रीस मगरको युट्यु च्यानलमा हेर्न सकिन्छ ।

प्रकाशित मिति: २०२३-०३-२४ , समय : ०९:३५:०० , २ महिना अगाडि