दिल बिक्रम शाही , ५९३६ पटक हेरिएको

गजलहरु
१)
मलाई लाग्दैन मैले डक्टर पढेर खानु छ
खुसी मिलोस् बरु हलो जोतेर खानु छ
पैंसा र पावर लगाई जागिर खानुभन्दा
बरु गाउँमै कुटो कोदालो खनेर खानु छ
गुनासो छैन विदेशिको गुलाम बन्छु
मैले मेरै खुट्टामा उभिएर खानु छ
तपाईले देशको माटो सम्म बेचेर खायौ
मैले दु:ख गर्नुछ पसिना बेचेर खानु छ
चाहे धर्तिको चाहे आकासको होस् प्राणी
केही सहेर खानु छ केही भोगेर खानु छ
२)
छोरालाई पढाउन बा- सँग आधार छैन
अहँ छैन बाको खल्तिमा हजार छैन
यसर्थ डिग्री गर्न छोरा खाडिमा पुग्यो
सापटी लिएर छोराको पढ्ने विचार छैन
दिनभर साहुको बालुवा गिट्टी गरेपनि
घर फर्किंदा किन मजदुर प्रति प्यार छैन
देशमा दलाली बलात्कारी भ्रष्टचारी भए
सिमानामा सिमा बचाउन चौकिदार छैन
धनि हरूको घरमा मात्र रहेछ खुसी
गरिब हरूको घरमा खुसी लगातार छैन
३)
आमालाई लाग्दैन मेरो छोरा छैन
हेर्नुस् त छोराको भुँईमा खुट्टा छैन
छोरा किन बा-आमा बिर्सिन पुग्यो
घरमा आमालाई फाटो लुगा छैन
आँखा हुने हरूले देश बेचिसक्यो
देश बनाउँछु भन्ने हरूको आँखा छैन
राजनीति सँगै नेता कार्यकर्ता फेरिए
फेरिएन देशको मुहार भरोसा छैन
यसर्थ अधुरा रहने रहेछन् सपनाहरू
जिन्दगी सँग सपनाको सम्झौता छैन
राजेश क्षेत्री निर्दोष
सुदुरपश्चिम दार्चुला
हाल प्रवास मलेसिया
प्रकाशित मिति: २०२३-०३-२५ , समय : ०४:४६:०० , २ महिना अगाडि