दिल बिक्रम शाही , ५८५७ पटक हेरिएको

मुक्तकहरु
१)
अन्लाईन भएर पनि बोल्दिनौ अचम्म लाग्छ
सोच्छु जानी जानी बोल्दिनौ अचम्म लाग्छ
याद नआउने हैन आउछन तिमिलाई पनि
माया मानी मानी बोल्दिनौ अचम्म लाग्छ
२)
मुक्तक
लेखिएकै छैन भने मागेर के गर्छेउ
यदि म तिम्रै भैन भने मागेर के गर्छेउ
भन्नलाई त भन्छेउ तिमी संसार हौ भनी
म संसार मै रैन भने मागेर के गर्छेउ
३)
आसु दिएउ या हासो बुझ्न पाए हुन्थ्यो
यहीँ त छ मलाई गुनासो बुझ्न पाए हुन्थ्यो
तिम्रा याद हरुले जिउदै मारिदिएका छन प्रिया
जीवन दिएउ या पासो बुझ्न पाए हुन्थ्यो
४)
अतीत सम्झेर पनि पक्कै आउनेछु
केही बर्ष बाटो हेर पक्कै आउनेछु
तिमी किन हातार गर्छेउ भेट्न
पर्खी त बस फर्केर पक्कै आउनेछु
५)
बनाउला सानो घर के चिन्ता गर्छेउ
गरौला संगै सफर के चिन्ता गर्छेउ
बस तिमी र म संगै भए पुग्छ
पूरा नभए मन्को रहर के चिन्ता गर्छेउ
प्रदिप कुमार बिस्वकर्मा
शिवालय गाउपालिका -८ बस्नेवडा जाजरकोट
प्रकाशित मिति: २०२३-०३-२६ , समय : ०४:१२:०० , ९ महिना अगाडि