Salyan Paribesh , ७०९ पटक हेरिएको

७ फागुन, युएई/ अमृत बुढाथोकी –
युएईमा रोजगारी दिलाइदिन्छौ भनी नेपालबाट दलालहरुले लाखौं रुपैयाँ असुलेर सयौं नेपालीलाई भिजिट भिजामा ल्याई रोजगार बिहिन भएर ओभर स्टेमा बस्न बाध्य पीडित नेपालीहरु मध्ये आज युएई सरकारको मातहतमा इमिग्रेसन टिमले नै आफ्नो २ ओटा गाडी ल्याएर १९ जना पीडितलाई लिएर गएको छ।
अब हामी उनिहरुको भिजा क्यान्सिल गरि टिकट काटेर नेपाल पठाउनेछौ, भन्ने जानकारी हाम्रो नेपाल हामी नेपाली युएईका सल्लाहकार तथा नेपाल एसोसिएसन दुबई अध्यक्ष भिम मल्ल ज्युले फोनद्वारा जानकारी दिनुभयो ।
जे जसरी हुन्छ नेपाल सरकार , युएई नेपाली दूतावास , नेपाल एसोसिएसन र हाम्रो नेपाल हामी नेपाली सबैले युएई सरकारसंग यस्तै समन्वय गर्दै युएईमा अलपत्र पीडित नेपाली नागरिकहरुको उदार कार्य जारी।
प्रकाशित मिति: २०२२-०२-१९ , समय : १३:२३:५५ , २ वर्ष अगाडि