दिल बिक्रम शाही , २००५ पटक हेरिएको

१८ चैत्र २०७९ सल्यान । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएका छन् भने नेपाली लोक गित संगितलाई दर्शक श्रोताले चौतर्फि रुचाई रहेका छन् । फरक तरिकाको गित बजार दिनानुदिन आईरहेका छन् । यसै क्रममा पबित्रा न्यौपानेको ´किन आको छेउ `गितको भिडियो बजारमा सार्वजनिक भएको छ ।
गित संगितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सर्जक मोडल पबित्रा न्यौपाने अहिले अस्टे्रलियामा बस्दै आएकी छन् । उनको अभिनयमा रहेको चर्चित गित दुरी टाढा छ लगायतका गित बजारमा छन् ।
अहिले भख्खर मात्र बजारमा आएको गित ´ किन आको छेउ` गितमा कुलेन्द्र बिश्वकर्मा र सुनिता बुढा क्षेत्री को आवाज रहेको छ । उक्त गितको शव्द सृजना पबित्रा न्यौपानेले गरेकि छन् । लय सिर्जना दिपेन्द्र खत्रीले गरेका हुन् ।
गितको म्युजिक एरेन्ज याम थापा मगरले गरेका छन् भने मिक्सिङ्ग कुमार राणा ले गरेका हुन् । रेकर्डिङ कुमार राणा र सुमन राणाले गरेका छन् । उक्त गितको म्युजिक मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा निर्माण गरिएको छ ।
गितको भिडियोमा बिक्रम चौहान , अर्जुन सापकोटा , उषा उप्रेती , मेघा ट्विन्स र बर्षा ट्विन्स लगायतको अभिनय रहेको देख्न पाईन्छ । निर्देशन बिक्रम चौहान ले गरेका छन् भने सम्पादन मिलन बिश्वकर्माले गरेका छन् ।
भिडियो पबित्रा न्यौपानेको युट्यु च्यानलमा हेर्न सकिन्छ ।
.embed-container { position: relative; padding-bottom: 56.25%; height: 0; overflow: hidden; max-width: 100%; } .embed-container iframe, .embed-container object, .embed-container embed { position: absolute; top: 0; left: 0; width: 100%; height: 100%; }
प्रकाशित मिति: २०२३-०३-३१ , समय : १७:५५:०६ , २ महिना अगाडि