ललितपुरस्थित महिन्द्रको सर्भिस सेन्टरमा आगलागी

सल्यान परिवेश डट्कम , ११४१  पटक हेरिएको

ललितपुरको कुपण्डोल स्थित महिन्द्रा आटोको सर्भिस सेन्टरमा सोमबार बिहान आगलागी भएको छ । आगलागीका कारण ७ वटा चारपांग्रे गाडी, ३ वटा मोटर साइकल र ३ वटा स्कुटर जलेर नष्ट भएका छन् ।

प्रहरीका अनुसार आगो बिहान ४ः४७ मा लागेको थियो भने ५ः१७ मा नियन्त्रणमा आएको थियो ।

आगलागी विद्युत सर्टका कारण हुन सक्ने जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी भुवनेश्वर साहले बताए ।

उनले भने,‘सर्भिस सेन्टरमा इलेक्टि चार्चर रहेछ । त्यसमा मोटर साइकल चार्च गर्न राखिएको रहेछ । त्यहीँबाट अचानक धुँवा आएको जस्तो देखिन्छ । आगो पनि त्यहीँबाट सल्किएको प्रारम्भिक जानकारीमा आएको छ । खास कारण त अनुसन्धान पछि नै खुल्ला ।’ प्रहरीका अनुसार क्षतिको विवरण भने आइसकेको छैन् ।


प्रकाशित मिति: २०२३-०४-०३ , समय : १०:५५:३२ , ८ महिना अगाडि