आइसीसी टी-२० विश्वकप ग्लोबल छनोट : कुशलको शतकमा नेपालले फिलिपिन्सलाई दियो २१९ को भारी लक्ष्य

Salyan Paribesh , ४००  पटक हेरिएको

७ फागुन/ आइसीसी टी २० विश्वकप ग्लोबल छनोट अन्तर्गत समुहको दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई दुई सय १९ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमारत क्रिकेट ओभल २ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय १८ रन बनायो । नेपालले नौं रनमा पहिलो विकेट गुमायो । नेपालका ओपनर आशिफ शेख खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि नेपालको स्कोर ३६ रन हुँदा दोस्रो विकेट झर्यो । नेपालका कुशल मल्ल १२ रनमा आउट भए । उनले १० बलमा दुई चौका प्रहार गरेका थिए ।

तेस्रो विकेटका कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीले एक सय ७१ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । उनीहरुले पारस र आरिफ शेखको रेकर्डलाई तोडेका हुन । सअघि पारस खड्का र आरिफ शेखले सिंगापुर विरुद्व २०१९ मा बनाएको १४५ रनको सर्वाधिक ठुलो पार्टनरसिपको रेकर्ड तोडेका हुन्। जसमा कुशलले करियरको पाँचौं तथा टी २० विश्वकपको ग्लोबल छनोटमा पहिलो अर्धशतक बनाए ।

यतिमात्र होइन, कुशलले टी २० आईमा पहिलो शतक बनाए । ओपनरका रुपमा आएका कुशलले ३२ बलमा अर्धशतक बनाएका थिए भने ५७ बलमा शतक बनाए । जमसा उनले १३ चौका र एक छक्का प्रहार गरे । उनी टी २० आईमा नेपालका लागि शतक बनाउने तेस्रो खेलाडी बनेका छन ।

यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए । पारसले सिंगापुरविरुद्ध २०१९ मा एक सय ६ रनको पारी खेलेका थिए भने मल्लले २०१९ मा कीर्तिपुरमा भुटानविरुद्ध एक सय सात रनको पारी खेलेका थिए ।

यस्तै दिपेन्द्रसिंह ऐरीले ८३ रनको योगदान गरे । कुशलसँग उत्कृष्ट साझेदारी गरेका दिपेन्द्रले ४७ बलमा ६ चौका र चार छक्का प्रहार गरे ।

साथै उनले टी २० आईमा सात सय रन समेत पुरा गरेका छन । उनी नेपालका लागि टी २० आई धेरै रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन । उनको कुल सात सय १३ रन भएको छ । नेपालका लागि कुशलले अविजित एक सय चार रन बनाए । उनले ६१ बलमा सो रन बनाएका हुन ।

प्रकाशित मिति: २०२२-०२-१९ , समय : १६:३५:०४ , २ वर्ष अगाडि