आजको मौसमः

सल्यान परिबेश डट्कम , ६१५  पटक हेरिएको

आज मंगलबार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानएको छ ।

सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै मंगलवार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहे पनि मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ ।


प्रकाशित मिति: २०२३-०४-०४ , समय : ११:३७:२४ , २ महिना अगाडि