Salyan Paribesh , ९०० पटक हेरिएको

कोरोना संक्रमणको तेस्रो लहरसँगै रोकिएका स्टेज कार्यक्रम विस्तारै शुरु हुन थालेका छन् । कोरोना संक्रमण दर कम हुँदै गएपछि स्टेज कार्यक्रमहरु फेरि हुन थालेको गायक-गायिकाहरुले बताएका छन् ।
कोरोना संक्रमणदर कम हुँदै गएसँगै साना सांगीतिक कार्यक्रमसँगै केही मेला-महोत्सव समेत आयाजना हुने तयारीमा छन् ।
स्थगित भएको पाँचौं ‘बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार मेला’ फागुन १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने तयारी भएको छ । बाँसगढी उद्योग वाणिज्य संघ, बर्दियाले यसअघि पुस २९ देखि माग ९ गतेसम्म तय गरेको महोत्सव कोरोनाको तेस्रो लहरका कारण स्थगित भएको थियो ।
त्यस्तै, रत्ननगर उद्योग वाणिज्य संघ चितवनले फागुनमा ‘रत्ननगर महोत्सव २०७८’ आयोजना गर्ने भएको छ । फागुन १५ गतेदेखि २३ गतेसम्म महोत्सव हुन लागेको हो ।
प्रकाशित मिति: २०२२-०२-१९ , समय : १८:०६:३० , १ वर्ष अगाडि