आज नेपाल र भियतनाम भिड्दै

सल्यान परिबेश डट्कम , २६००  पटक हेरिएको

काठमाडौंमा जारी पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा आज नेपाल र भियतनाम भिड्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालले बलियो राष्ट्र भियतनामसँग खेल्नेछ ।

नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाललाई भियतनामले ५(१ गोल अन्तरले हराएको थियो । भियतनाम आज उक्त जितलाई कायम राख्न चाहन्छ ।

नेपाल भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।


प्रकाशित मिति: २०२३-०४-०८ , समय : ०९:४५:५३ , २ महिना अगाडि