वनस्पती अनुसन्धान केन्द्र सल्यानले सप्ताहरुपी वनस्पती दिवस मनाउदै

बादल आचार्य , ११३६  पटक हेरिएको

वनस्पती अनुसन्धान केन्द्र सल्यानले बिभिन्न कार्यक्रम गरी वनस्पती विभागको ६३ औँ वार्षिकोस्सव तथा २४ औँ
वनस्पती दिवस मनाउन सुरु गरेको छ ।

सप्ताहको पहिलो दिन सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री वेद प्रशाद खरेलबाट धार्मिक बिरुवा रुद्राक्षको विरुवा रोपण गरेर साप्ताह रुपी कार्यक्रमको उद्घाटन गराएको वनस्पती अनुसन्धान केन्द्रका प्रमुख डा मित्रलाल पाठकले बताए ।

कार्यक्रममा सल्यान जिल्ला स्थित बिभिन्न सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिती थियो ।

चैत्र २९ गते मुख्य गरी मनाइने दिवसका अगाडिका अन्य दिनहरुमा मूलपानी वनस्पती उद्यान क्षेत्रभित्र र आसपासका क्षेत्रमा मिचाहा वनस्पतीको निर्मुल गर्ने, उद्यान क्षेत्रमा दुर्लभ तथा संकटापन्न एंव साइटिसमा सुचिकृत बिरुवाका प्लट बनाउने, उद्यान अगाडि सडकको एक एक सय मिटर दाँया वायाँ एभिन्यु रुखहरु रोपण गर्ने, जडिबुटी खेती, जैविक विविधता र जलवायु परिवर्तनले पार्न सक्ने असर र अनुकुलनका उपायको बारेमा सचेतना गर्ने एंव प्रचार प्रसार गर्ने डा पाठकको भनाइ छ ।

यो वर्ष वनस्पती दिवस मनाउने बजेट हाल सालै रोकिए पनि न्युनतम खर्चमा कार्यालयको कर्तब्य पूरा गर्ने सोचमा अनुसन्धान केन्द्र रहेको छ ।

वनस्पती विभागको ६३ औँ वार्षिकोस्सव तथा २४ औँ वनस्पती दिवसको नारा जलवायु परिवर्तन एक चुनौती : समाधानका लागि वनस्पती” भन्ने रहेको छ । तुलानात्मक रुपमा लाभको बिषय भएता पनि जडिबुटी खेतीमा कृषकहरुलाई आकर्शित गर्न नसकिनु आम चिन्ताको बिषय बनेको छ ।


प्रकाशित मिति: २०२३-०४-०९ , समय : ०९:२०:४६ , २ महिना अगाडि