सल्यान परिबेश डट्कम , ७७१ पटक हेरिएको

गत भदौ ३ गते प्रदर्शन भइसकेको यस चलचित्रलाई सिनेमा घर एपमा बैशाख १ गतेदेखि ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको हो ।
चलचित्रको गीत रिलिज गर्दै निर्माण टिमले हलमा छुटेका दर्शकलाई लक्षित गरी चलचित्र ओटीटी प्लेटफर्ममा सार्वजनिक गर्न लागेको बताए ।
हलमा रिलिज भएको समयमा दर्शक तथा समीक्षकबाट प्रसस्त प्रसंशा पाएको यस चलचित्र व्यावसायिक रुपमा भने हिट हुन सकेन ।
चलचित्रमा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशान, सुप्रिया खनाल, सम्पदा बानियाँ, पवन भट्टराई, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायत कलाकारको अभिनय छ ।
फिल्ममा सुरक्षा पन्तलाई अतिथि भूमिकामा देख्न सकिन्छ । चलचित्रलाई परिच्छेद सेनले निर्देशन गरेका हुन् ।
राजु फुँयाल प्रस्तुतकर्ता र अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘प्रेमगञ्ज’को लेखक परिच्छेद आफैं हुन् ।
प्रकाशित मिति: २०२३-०४-१० , समय : ०९:१५:०६ , ८ महिना अगाडि