सल्यान परिबेश डट्कम , ४३६ पटक हेरिएको

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका सुदुर पश्चिम प्रदेश र कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार यस्तो छ आजको मौसमः
२०७९ चैत २८ गते (मंगलबार)
दिउँसोː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।
रातीː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ ।
प्रकाशित मिति: २०२३-०४-११ , समय : १४:०१:२४ , ६ महिना अगाडि