एकै खेलमा १० गोल भएको खेलमा ओलावाले एक्लैले ५ गोल गरेपछि मछिन्द्रको शानदार जित

सल्यान परिबेश डट्कम , २५०८  पटक हेरिएको

मछिन्द्र एफसीका नायजेरियन फरवार्ड ओलावाले आफिज यो सिजनको शहीद स्मारक ए डिभिजन लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

एकै खेलमा १० गोल भएको खेलमा ओलावाले एक्लैले ५ गोल गरेपछि मछिन्द्रले मंगलबार च्यासल मैदानमा खुमलटार एफसीलाई ७-३ ले हरायो । जारी लिगमा खराब सुरुवात गरेको मछिन्द्रको यो तेस्रो जित हो ।

अनुभवी प्रशिक्षक किशोर केसीको आगमनपछि लगातार दोस्रो जित निकालेको मछिन्द्र शीर्ष ६ मा प्रवेश गरेको छ ।

७ खेलबाट १२ अंकसहित मछिन्द्र छैटौं स्थानमा उक्लेको हो । मछिन्द्रले ३ जित निकाल्दा २ बराबरी खेलेको छ भने ३ खेल हारेको छ ।

मंगलबारै जावलाखेल युथ क्बललाई हराएर त्रिभुवन आर्मी एफसीले पनि ७ खेलबाट समान १२ अंक जोडेको छ ।  गोलअन्तरमा आर्मी पाँचौ स्थानमा छ ।


च्यासल मैदानमा भएको खेलमा मछिन्द्रका ओलावलेले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गरे ।

उनले २४औ, २८औं र ५५औं मिनेटमा गोल गर्दै सिजनको पहिलो ह्याट्रिक पूरा गरे । यस्तै ६२औं र ६७औं मिनेटमा पनि गोल गरे । यो सिजनको पहिलो ह्याट्रिक पूरा गरेका उनले यो ह्याट्रिक घाइते खेलाडी छिरिङ गुरुङप्रति समर्पित गरेका छन् ।

प्रकाशित मिति: २०२३-०४-११ , समय : १७:२३:३१ , २ महिना अगाडि